दसैं मनाएर काठमाडौं उपत्यका फर्कने यात्रु बढे,सवारीसाधनको संख्या वृद्धि
दसैंका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए । सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन कम देखिदा बजार पसलहरुमा पनि चहलपहल कम छ ।
Mayorsap,विवेक मण्डल
सोम, असोज २८, २०८१ | ०८:०७ बजे
काठमाडौँ
असोज २८ गते,
नेपालीको महान् चाड दसैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् ।
काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । विगतका वर्षभन्दा यस वर्ष कम यात्रुले काठमाडौंमा छाडेकाले सवारीसाधन बाक्लो रहेका छन् ।
दसैंका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए । सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन कम देखिदा बजार पसलहरुमा पनि चहलपहल कम छ ।
विभिन्न नाकाहरू हुँदै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्यरुपमा सञ्चालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । प्रहरीका अनुसार आजभन्दा भोलि काठमाडौँ फर्कने यात्रुको सङ्ख्यामा वृद्धि हुनेछन् ।