मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

घोडेगाउँमा २३ वर्षपछि बिजुली

तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच चरम द्वन्द्व चलेकोले विद्युत उत्पादन गर्ने मेसिन बनाउने वातावरण बनेन । अन्ततः मेसिन खिया लागेर बिग्रियो । तारहरू जीर्ण हुँदा बिजुली बाल्ने सम्भावना भएन । यसपटक भने गाउँका ८६ वटै घरमा एकसाथ बिजुली बल्दा स्थानीयको मुहारमा खुसी छाएको छ ।

Mayorsap,विवेक मण्डल

मंगल, असोज २९, २०८१ | ०८:५९ बजे

काठमाडौँ 
असोज २९ गते,
जुम्लाको तिला गाउँपालिका-६ घोडेगाउँमा २३ पर्षपछि बिजुली पुगेको छ ।
तिला-७ पोखरी गाउँमा निकालिएको सौर्य ऊर्जाको बिजुली घोडेगाउँमा पुर्‍याएर २३ वर्षपछि फेरि बिजुली बालिएको हो । लामो समयपछि बिजुली बल्दा गाउँमा खुसीयाली छाएको छ ।
२०५४ सालमा गाउँमै रहेको घट्टेखोलाको पानी प्रयोग गरेर ५ किलोवाटको बिजुली निकालिएको थियो । चार वर्षसम्म निरन्तर बालिएको बिजुली २०५८ सालामा बिग्रिए पछि बिजुली बल्न सकेको थिएन ।
तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच चरम द्वन्द्व चलेकोले विद्युत उत्पादन गर्ने मेसिन बनाउने वातावरण बनेन । अन्ततः मेसिन खिया लागेर बिग्रियो । तारहरू जीर्ण हुँदा बिजुली बाल्ने सम्भावना भएन । यसपटक भने गाउँका ८६ वटै घरमा एकसाथ बिजुली बल्दा स्थानीयको मुहारमा खुसी छाएको छ ।
गाउँमा रहेका विद्यालय,स्वास्थ्य संस्थादेखि सार्वजनिक स्थलहरूमा बिजलुी नहुँदा काम गर्न कठिन थियो । गाउँलेहरू सल्लाको काठ बालेर उज्यालाको व्यवस्थापन गरिरहेका थिए । बिजुली बलेसँगै गाउँ रातदिन उज्यालो बनेको स्थानीयले बताए ।
भौगोलिक रुपमा निकै विकट भएकोले राष्ट्रिय प्रसारणलाइन यो ठाउँमा पुगेको छैन । मोबाइल चार्ज गर्न स्कुल,स्वास्थ्यचौकी र वडा कार्यालयमा धाउनु परिरहेको थियो । जुन बाध्यता अब हटेको छ ।
घोडेगाउँसम्म विद्युत लाइन बिस्तार गर्न तिला गाउँपालिकाले ८ लाख रुपैयाँ र केन्द्र सरकारले ५१ लाख रुपिया विनियोजन गरेको थियो ।
गाउँमा निकालिएको ५ किलोवाट विद्युत चार वर्षसम्म निरन्तर चलेको थियो । दसैंको दिनमै गाउँमा बिजुली बल्दा स्थानीय उत्साहित छन् । यस पटकको दसैंमा गाउँ झिलिमिली बनेको छ । अब गाउँमै कुटानी, पिसानीदेखि चिरानी सम्मको काम बिजुलीबाटै हुनेछ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology