मेयरसाप

लामखुट्टेको प्रकोप बढेपछि वीरगन्जका ३२ वडामै विषादी छर्ने तयारी

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु,मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।

Mayorsap,विवेक मण्डल

सोम, असोज २८, २०८१ | १४:२५ बजे

असोज २८ गते,
वीरगन्जमा लामखुट्टेको प्रकोप बढेको जन गुनासो आएपछि वीरगन्ज महानगरपालिकाले विषादी छर्ने तयारी गरेको छ । आगामी कार्तिक १ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।
लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु,मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।
मियाँका अनुसार विषादी,पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे कार्तिक १ गतेदेखि सुरु गरिने छ । जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’र'पम्प स्प्रे'गरिने उनले बताए । विषादी छर्ने अभियान ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।
वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।
चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्यधिक प्रकोप बढेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छर्कने  अभियान सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology