गौशालाको धर्मशाला सञ्चालन गर्न काठमाडौं महानगरले माग्यो सुरक्षा ( पत्र सहित )
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपतिमा धर्मशाला सञ्चालन,व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमति पत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ ।
विवेक मण्डल
बुध, असोज ३०, २०८१ | ०९:४४ बजे
काठमाडौँ
असोज ३० गते,
काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासनसँग सुरक्षा मागेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै प्रशासनसँग सुरक्षा दिन माग गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशालामा धर्मशाला सञ्चालन,व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमति पत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ ।