मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

धरान उपमहानगरपालिका

स्वास्थ्य क्लिनिक

पहिरो

भरतपुर महानगरपालिका

बन्दै छ क्रिकेट रंगशाला,दैनिक दुई चरणमा काम

वि. सं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी रु.७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले रु. ५० करोड विनियोजन गरेका छन् ।

विवेक मण्डल

बुध, असोज ३०, २०८१ | ०९:५४ बजे

काठमाडौँ 
असोज ३० गते,
चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ । रंगशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन । हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ । 
भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । धुर्मुश-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो । 
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो । वि.सं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी रु.७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले रु. ५० करोड विनियोजन गरेका छन् ।
रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजन इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology