मेयरसाप

विद्यालय

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

सुदूरपश्चिमका डोटी,डडेलधुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीन थरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमुख कल्पना विष्टले जानकारी दिनुभयो ।

विवेक मण्डल

बुध, असोज ३०, २०८१ | ०९:५९ बजे

काठमाडौँ 
असोज ३० गते,
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपियाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
सुदूरपश्चिमका डोटी,डडेलधुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीन थरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमुख कल्पना विष्टले जानकारी दिनुभयो । डडेलधुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल,डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल,कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology