मेयरसाप

स्थानीय तह

पहिरो

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

बाढी

महाङ्काल गाउँपालिकाले बाढीले ल्याएको बालुवा र गिट्टी प्रयोग गरेर पुनर्निर्माण थाल्ने

इच्छुक क्रसर व्यवसायीले १५ दिनभित्र सम्पर्क गरिसक्नुपर्ने

Mayorsap

शुक्र, कार्तिक २, २०८१ | १७:२७ बजे

ललितपुर । गएको असोजमा भएको बाढी तथा पहिरोले निम्त्याएको भौतिक क्षतिको पुनर्निर्माण गर्न महाङ्काल गाउँपालिकाले बाढीले बगाएर ल्याएको गिट्टी तथा बालुवाको प्रयोग गर्ने भएको छ ।

पालिकाले एक सूचना जारी गर्दै बाढी तथा पहिरोले ल्याएको क्षतिको पुनर्निर्माणका लागि बाढीले थुपारेको बालुवा तथा गिट्टीकै प्रयोग गर्ने जनाएको छ । पालिकाले त्यसका लागि क्रसर व्यवसायीहरुलाई पन्ध्र दिनभित्र पालिकामा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

गएको असोज ११, १२ र १३ गते गएको बाढी तथा पहिरोले पालिकामा सडक, सरकारी भवन, विद्यालय भवन तथा निजी आवासमा क्षति पुर्‍याएको छ । पालिकाले क्षतिको पुनर्निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारबाट अनुदानसमेत पाउने छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology