खप्तड छेडेदह गाउँपालिकामा छेडेदह गोल्डकप सुरु
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने
Mayorsap
आइत, कार्तिक ४, २०८१ | १०:१६ बजे
बाजुरा, ४ कात्तिकः खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ ।
छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने छ ।
खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।