मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

हृदयघातका कारण वडाध्यक्षको मृत्यु

सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष ६० वर्षीय पृतमलाल चौधरीको आइतबार हृदयघात भएर मृत्यु भएको छ ।

विवेक मण्डल

सोम, कार्तिक ५, २०८१ | १०:५८ बजे

काठमाडौँ 
कार्तिक ५ गते,
सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष ६० वर्षीय पृतमलाल चौधरीको आइतबार हृदयघातका कारण मृत्यु भएको छ ।
डाकनेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको मृत्यु भएको जानकारी दिए । गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ ।
यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो । वडा नम्बर २ का वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा छन् ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology