मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री स्वस्तिमाले चलाइन उत्प्रेरणको कक्षा

लक्ष्यमा पुग्न रुची विकास गर्न सुझाब

Mayorsap

सोम, कार्तिक ५, २०८१ | १४:१४ बजे

काठमाडौं, कार्तिक ५ः ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वास नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ’, अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भन्नुभयो, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’ 
 

किशोरावस्थाका संवेगलाई जोड्दै उहाँले भन्नुभयो, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुन सक्छ । आफूलाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’
 

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उहाँले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग यसरी अन्तरक्रिया गर्नुभएको हो । 
अन्तरक्रियाका क्रममा विद्यार्थीहरुले उहाँको चलचित्र क्षेत्रमा प्रवेश गर्दाको अनुभव, काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गर्नुभएको थियो ।
 

ती प्रश्नको जवाफमा अभिनेत्री खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भन्नुभयो, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’
वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेशा अगाडि बढाउन असजिलो हुँदैन ।’ 
 

डाक्टर बन्छु । इञ्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो । 
 

विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।
 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, बैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरुसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ ।’
 

जीविकोपार्जनका लागि अपनाइने पेशा जुनसुकै भए पनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन । यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्छ । यसकारण, पेशा एउटा अपनाए पनि ज्ञान र सिप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भाव बोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो । झाको भनाइ छ ।

प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्नुहुन्छ, ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरुमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेका छौँ । बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वाश जगाउन सके समयले माग गरेकाअनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ ।’
 

फरक भाव, सोच र क्षेत्रका भावना भएका व्यक्तिसँग अन्तरघुलन हुने क्षमता विकास गर्न विद्यालय उपयुक्त स्थान हो । सम्बन्ध राख्ने क्षमता विकास गर्ने ठाउँ हो । औपचारिक सिकाइ निश्चित समयमा सकिए पनि सिकाइ भने जीवनभर चलिरहने प्रक्रिया हो ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology