घूस लिँदा लिँदै समातिए सिम्रौनगढका निमित्त अधिकृत साह
Mayorsap
बिही, कार्तिक ८, २०८१ | १५:१८ बजे
वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह घूस लिँदा लिँदै पक्राउ परेका छन् ।
कलैयामा एकजना सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
हेटौँडाबाट आएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा बिहीबार सेवाग्राहीसँग घुस रकम लिँदै गरेको बेला साहलाई पक्राउ गरेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
सूचना अधिकारी गौतमका अनुसार, बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साह पक्राउ परेका थिए ।
साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हेटौँडास्थित अख्तियारको कार्यालय लगिएको छ ।