मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बिदामा चेक साट्न पाउनुभएन ? जानुहाेस् तिहारकाे बिदामा खुल्ने यी बैंकका शाखामा

Mayorsap

बिही, कार्तिक १५, २०८१ | १२:३८ बजे

काठमाडौं। तिहार विदामा पनि बैंक खुला हुने भएका छन् । बैंकहरुले देशभरका आफ्ना प्रमुख शाखा कार्यालय तिहार विदामा पनि निश्चित अवधि खुला राख्ने घोषणा गरेका हुन् ।

 

बैंकहरुले आफ्नो कुन ठाँउको कुन शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयमा विभिन्न शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने जनाएका छन् ।

वाणिज्य बैंकले कुन-कुन शाखा खुला राख्दैछन्:-

प्रभु बैंक

प्रभु बैंकको मुख्य शाखा बबरमहल र जनकपुर शाखा कात्तिक १५, १६, १७ र १९ गते खुला रहनेछ । कमलादी, जावलाखेल, विराटनगर, इटहरी, विरगंज, पोखरा, नेपालगंज, भैरहवा र धनगढी शाखा कात्तिक १५, १६ र १९ गते खुला हुनेछ । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला हुनेछ । कात्तिक १८ गत आइतबार भाइ टिकाको दिन सबै शाखाहरु बन्द रहने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक

कात्तिक १५ गते यस बैंकको गाईघाट, धुलाबारी, बुद्धबारे, झुम्का, विराटचोक, विरगंज, राजविराज, न्यूरोड, ढुङ्गेअड्डा, कुलेश्वर, अनामनगर, बनस्थली, कमलादी, चावहिल, नक्साल, गोङ्गवु, सिनामंगल, तिनकुने, पानीपोखरी, गोठाटार, कुपण्डोल, जावलाखेल, बनेपा, हेटौंडा बैंक रोड, भरतपुर, पर्सा, बाग्लुङ्ग, पोखरा न्यूरोड सभागृहचोक, बेसीशहर, दमौली, गैंडाकोट, मिलनचोक, बुटवल, नयाँ मिल, भैरहवा, नेपालगञ्ज, लिवाङ्ग, तुलसीपुर, तम्घास, तानसेन, कपिलवस्तु, दैलेख, थारमारे, सुर्खेत बि, डडेल्धुरा र बलिया शाखा खुला रहनेछ ।

कात्तिक १६ गते गाईघाट, बिर्ताकोड, दमक, इनरुवा, कञ्चनबारी, इटहरी, विरगंज, जनकपुर, धापासी, मध्यबानेश्वर, कलंकी, त्रिपुरेश्वर, जोरपाटी, सानो गौचरण, कुमारीपाटी, गीतानगर, माडी, पनौती, ठिमी, लोकन्थली, खोले सिमल, शहिदचोक, चिप्लेढुङ्गा, अमरसिंहचोक, कावासोती, त्रिभुवनचोक, नेपालगंच, बुटवल, लखन पार्क घोराही, महेन्द्रनगर र क्यापसचोक धनगढी शाखा खुला रहने बैंकले जनाएको छ ।

कात्तिक १७ गते विराटनगर, धरान, काँकडभिट्टा, विरगंज, गोलाबजार, लालबन्दी, गौर, सिराह, शंखमुल, महाराजगंज, लगनखेल, सातदोबाटो, सूर्यविनायक, बेल्चोक, न्यूरोड पोखरा, भैरहवा नारायणथान, घोराही, पुष्पलाल चोक, नेपालगंज, बुटवल मेन, लम्की र धनगढी शाखाहरु खुला रहनेछन् ।

कात्तिक १८ गते तिनपैनी, जनकपुर स्टेशन रोड, कान्तिपथ, बुटवल राम मन्दिर लाइन, सुर्खेत र धनगढी मेन रोड शाखा खुला रहनेछ । कात्तिक १९ गते, विराटनगर, गाईघाट, बिर्तामोड, विरगंज, लहान, जनकुर, ठमेल, सुन्धारा, बालाजु, कोटेश्वर, टाँडी, नारायाणघाट, हेटौंडा बैंक रोड, बाग्लुङ्ग, सभागृह चोक पोखरा, दलदले, बुटवल, नयाँ मिल, भैरहवा नारायणथान, तुलसीपुर, घोराही बि, रामपुर पाल्पा, नेपालगंज, अत्तरिया र टीकपुर शाखा खुला रहने बैंकले जनाएको छ ।

कृषि विकास बैंक

कात्तिक १५ गते यस बैंकको विराटनगर, इटहरी, जनकपुर, राजविराज, मिर्चैया, बर्दिबास, सातदोबाटो, सल्लाघारी, कलंकी, बत्तीसपुतली, सामाखुशी, विरेन्द्रनगर कान्तिराजपथ, हाकिमचोक, कुश्मा, रजहर, बुटवल, सिद्धार्थनगर, तम्घास, घोराही, तुलसीपुर, धम्बोझी, कोहलपुर, गुलरीया, जुम्ला, धनगढी र महेन्द्रनगर शाखा कार्यालय खुला रहनेछन् ।

कात्तिक १६ गते कन्चनबारी, दमक, जनकपुर शिवचोक, राजविराज, मिर्चैया, बर्दिवास, पुतलीसडक, सातदोबाटो, चाबहिल, बनेपा, पुल्चोक, हेटौंडा, नारायणगढ, बाग्लुङ्ग, मालेपाटन, कावासोती, खस्यौली, तौलिहवा, परासी, त्रिमार्ग, नारायणपुर, न्यूरोड, नेपालगंज, गुलरीया, जुम्ला, क्याम्पसरोड महेन्द्रनगर शाखाहरु खुला रहनेछन् ।

कात्तिक १९ गते बिहीबार जनकपुर रामानन्दचोक, ढल्केवर, राजविराज, लाहान, जलेश्वर, गोलबजार, विरगंज, गौर, इश्वरपुर, कोटेश्वर, मंगलबजार, जोरपाटी, न्यूरोड, रत्नपार्क, कान्तिराजपथ, पर्साखैरहनी, धादिङवेशी, पोखरा, भैरहवा, तानसेन, सन्धिखर्क, घोराही, तुल्सीपुर, धम्बोझी, कोहलपुर, जुम्ला र क्याम्पसरोड महेन्द्रनगर शाखा खुला रहनेछन् ।

स्टान्डर्ड चार्टर्ड बैंक

यस बैंकको कात्तिक १५ गते नयाँ बानेश्वर, बुटवल र पोखरा शाखा खुला रहनेछ । कात्तिक १६ गते न्यूरोड काठमाडौं, विराटनगर, वीरगंज, धरान र नारायणघाट शाखा खुला रहनेछ । कात्तिक १९ गते बौद्धको शाखा खुला रहने बैंकले जनाएको छ ।

हिमालयन बैंक

यस बैंकको कात्तिक १५ गते दमक २, धरान २, विराटनगर, हिटी दरबार, पाटन, न्यूरोड, सिटिसि, भक्तपुर, महाराजगंज, भरतपुर, हेटौंडा, पोखरा १, बुटवल, भैरहवा, सुर्खेत, धनगढी र लम्की शाखा खुला रहनेछन् ।

कात्तिक १६ गते वीरगंज, हिटी दरबार, पाटन, न्यूरोड, टेकु, स्वयम्भु र नेपालगंज शाखा खुला रहनेछन् । कात्तिक १९ गतेरोडशेष चोक, विर्तामोर्ड, इटहरी, हिटी दरबार, पाटन, न्यूरोड, नयाँ बानेश्वर १, कौशलटार, नारायणघाट, पोखरा १ र धनगढी शाखा खुला रहनेछन् ।

प्राइम कमर्सियल बैंक

यस बैंकको कात्तिक १५ गते हनुमानदास रोड, धरान, काँकडभित्ता, बर्दीवास, न्यूरोड, कमलपोखरी, मंगलबजार, गठ्ठाघर, हेटौंडा, विपिचोक, भैरहवा, लेकबेशी र महेन्द्रनगर शाखा खुल्ला रहनेछन् । कात्तिक १६ गते इटहरी, पुष्पलालचोक, दमक, विरगंज, बागबजार, चावहिल, पुलचोक, हाकिम चोक, पृथ्वीचोक, नेपालगंज, छिन्चु र धनगढी शाखाहरु खुला रहनेछन् ।

कात्तिक १९ गते कंचनबारी, पकली, विर्तामोर्ड, जनकपूर, न्यूप्लाजा, कालिमाटी, पाटन, ठिमी, भरतपूर, न्यूरोड पोखरा, होराइजनचोक, विरेन्द्रनगर र अत्तरिया शाखाहरु खुला रहनेछन् ।

माछापुच्छ्रे बैंक

यस बैंकको कात्तिक १५ गते बत्तिसपुतली, गोंगबु, थापाथली, बनेपा, कमलविनायक, ठिमी, नारायणगढ, बगर, लुम्बिनी, पाल्पा, बुटवल, मनिग्राम, भैरहवा, बर्दघाट र धनगढी शाखा खुला रहनेछ । कात्तिक १६ गते विराटनगर, इटहरी, कञ्चनरुप , राजविराज, आदर्शनगर, नक्साल, सतुंगल, स्वयम्भु, नयाँ बजार पोखरा, दमौली, नेपालगंज, अत्तरिया र हेटौंडा शाखा खुला रहनेछ ।

त्यस्तै, कात्तिक १९ गते कञ्चनबारी, सिराह, जनकपुर, महाराजगंज, बनेपा र राजपुर शाखा खुला रहनेछ । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला हुनेछ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology