दुई दिन ओरालो लागेको सुनको मूल्य बुधबार ह्वात्तै बढ्यो, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्य आज (बुधबार) नौ सय रूपैयाँ बढेको हो ।
Mayorsap
बुध, मंसिर १२, २०८१ | १२:४५ बजे
काठमाडौँ । भारी मात्रामा घटेको सुनको मुल्य आज (बुधबार) बढेको छ । सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज (बुधबार) नौ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँ बढेको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।