मेयरसाप

बजेट

केपी ओली

कीर्तिपुर नगरपालिका

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

स्तनपान कक्ष

हुप्सेकोट गाउँपालिका

नरहरिनाथ गाउँपालिका

राजनीतिक दल

शौचालय

बाजुराको स्वामीकार्तिक खापरमा एमाले र माओवादीबीच गठबन्धन, तीन दलको मात्र प्रतिस्पर्धा हुने

एमालेसँग चुनावी गठबन्धन गर्ने पार्टी स्थानीयस्तरको निर्णयमा माओवादी केन्द्र बाजुराको भने असहमति

Mayorsap

बुध, मंसिर १२, २०८१ | १३:४२ बजे

बाजुरा । बाजुराको स्वामी कार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा माओवादीले नेकपा एमाले लाई सघाउने भएको छ । मंसिर २ मा उम्मेदवारी दर्ता गर्दा यहाँ पाँच दलबाट उम्मेदवारी परेको थियो । 

उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अब भने त्यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गरेर चुनावी प्रचारमा समेत हिँडेकी छन् । यहाँ कांग्रेसले पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ । 

माओवादी गाउँपालिका कमिटी र एमाले गाउँपालिका कमिटीबीच छलफल गरेर गठबन्धन गर्ने निर्णय भएको थियो । एमालेसँग चुनावी गठबन्धन गर्ने पार्टी स्थानीयस्तरको निर्णयलाई  माओवादी केन्द्र बाजुराले भने असहमति जनाएको छ । माओवादी जिल्ला संयोजक देवीचन्द्र बुढाले मंसिर ६ गते नै विज्ञप्ति निकालेर माओवादी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

‘स्थानीय पार्टीको सिफारिसमा उपाध्यक्ष उम्मेदवार राजुकुमारी विक (रचना) को उम्मेदवारी दर्ता भएको थियो, मंसिर ५ गते उहाँले उम्मेदवारी फिर्ता लिएको सुन्नमा आएकोले यसप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्य पार्टीको नीतिविपरीत रहेको जानकारी गराउँदछौं,’ जिल्ला संयोजक बुढाले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै उपाध्यक्ष रिक्त छ । यहाँ एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छिन । राप्रपाबाट उम्मेदवार रहेकी सुनादेवी थापा धामीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । निर्वाचन अधिकृत सञ्जीव पोखरेलले ५ जनाको उम्मेदवारी परे पनि माओवादी र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको बताए ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८ सय १० मत ल्याएर विजयी हुँदा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढाले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्। त्यसबेला कांग्रेसकी जोशीले एमालेकी बुढाभन्दा १७३ मत बढी ल्याएकी थिइन ्। यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology