मेयरसाप

बजेट

कीर्तिपुर नगरपालिका

केपी ओली

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

कैलारी गाउँपालिका

घोराही उपमहानगरपालिका

निशुल्क भर्ना

तिलागुफा नगरपालिका

काचो स्याउ

स्थानीय तह उपनिर्वाचनमा निर्वाचन आयोगद्वारा पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति

पर्यवेक्षण गर्ने संस्थाले निर्वाचन सम्पन्न भएको मितिले बढीमा ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने

Mayorsap

बुध, मंसिर १२, २०८१ | १९:२६ बजे

काठमाडौँ ।  यही १६ गत्ते हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन आयोगले पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ ।

 

आयोगले गएको कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा २ जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो ।

 

आयोगले उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ/संस्था र व्यक्तिहरुसँग अन्तरक्रिया पनि गरेको छ । अन्तरक्रियामा कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा छलफल भएको थियो ।

 

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्थाले निर्वाचन सम्पन्न भएको मितिले बढीमा ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्न आग्रह गरे ।

 

प्रतिवेदन प्राप्त भएपछि निर्वाचन व्यवस्थापन सुधारका लागि दिइएका सुझाव क्रमशः कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता जनाए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology