Ad Image

पुथा उत्तरगंगा गाउँपालिकामा दुबै पक्ष गठबन्धनबाटै चुनावी मैदानमा उत्रिए, कस्ले मार्लान् बाजी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732715947.jpg

बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा हुने उपचुनावमा सत्तारूढ र विपक्षी दलहरू गठबन्धन गरेरै मैदानमा उत्रिएका छन् ।

केन्द्रमा दलहरूले एकल प्रतिस्पर्धा गर्ने नीति लिएपनि यहाँ भने दुवै पक्षले गठबन्धन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले साझा उम्मेदवारी दिएपछि विपक्षीमा रहेका दलहरू पनि जुटेका छन् ।

माओवादी केन्द्रको बलियो पकड भएपनि एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले माओवादीकी नरपुरा बुढा पुनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

मुख्य दलहरूले गठबन्धन गरेर लड्ने निर्णय लिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले पनि उम्मेदवारी फिर्ता लिए ।

अब १६ मंसिरमा हुने उपचुनावमा रुख चिन्ह लिएर उम्मेदवारी दिएकी एमाले नेतृ केशकुमारी तुलाचन र माओवादीकी नरपुरा बुढाबीच प्रतिस्पर्धा हुनेछ । दुवै गठबन्धनले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् ।