मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

काठमाडौं महानगरपालिकाको ८ ठाउँमा छ्ठ मनाउँदै

हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि छठसँग जोडिएको छ ।

Mayorsap,विवेक मण्डल

बुध, कार्तिक २१, २०८१ | १२:३३ बजे

काठमाडौं
कार्तिक २१ गते,
तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि छठसँग जोडिएको छ  ।
तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।
यी सबै आस्था  र संस्कारहरूलाई सम्मान प्रकट गर्दै  छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा काठमाडौं महानगरपालिका काम गर्दै आएका छन् ।
- गौरी घाट, वडा ८ ।
- कोटेश्वर दोभान, वडा ३२ ।
- कमल पोखरी, वडा १ ।
- वंशीघाट, वडा ११ ।
- बालाजु बाइसधारा, वडा १६ ।
- धौखेल खोला, वडा १३ ।
- कुमारी क्लब, वडा १४ ।
- भुवनेश्वरी मन्दिर, वडा १४ ।
काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएका छन् । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology