मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

विशाल चौक-प्रसवनी सडक २ घण्टा अवरुद्ध

रामजानकी युवा क्लब मट्टीगढाद्वारा संचालित नवौं रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी आउने थाहा पाएपछि बाटो निर्माणमा उनको ध्यानाकर्षण गराउन स्थानीयले सडक जाम गरेका थिए ।

Mayorsap,विवेक मण्डल

बुध, कार्तिक २१, २०८१ | १९:१४ बजे

राजविराज
कार्तिक २१ गते,
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ४ स्थित विशाल चौक- प्रसवनी सडक खण्डमा बुधबार २ घण्टा चक्काजाम गरिएको छ ।  सडक निर्माणको माग गर्दै स्थानीयबासीद्वारा दिउँसो  १ बजेदेखि ३ बजेसम्म बेन्च तेर्साएर चक्काजाम गरेको हो । 
 

रामजानकी युवा क्लब मट्टीगढाद्वारा संचालित नवौं रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी आउने थाहा पाएपछि बाटो निर्माणमा उनको ध्यानाकर्षण गराउन स्थानीयले  सडक जाम गरेका थिए  ।  नितेश कुमार सिंह थारुको नेतृत्वमा रहेका स्थानीयबासीले वीच सडकमा बेन्च तेर्साएर सडक अवरुद्ध गरेको  सुइँको पाएपछि मन्त्री लेखी उक्त बाटो छोडेर  कलौनी-इटहर्वा- प्रसवनी सडक प्रयोग गरी कार्यक्रम स्थल पुगेका थिए । 
 

सडक बनाउ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्डसहित चक्काजाम गरेका स्थानीयबासीले मन्त्री लेखीले आफूहरूको समस्या बुझ्नुभन्दा आर्को बाटोबाट भागेको भन्दै गुनासो गरे । मन्त्रीको यसप्रकारको व्यवहार प्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले जनताको पीडा र गुनासोबाट भाग्ने जनप्रतिनिधिहरु कति जिम्मेवार छ भन्ने स्पष्ट भएको बताए । 
 

दुइदशकभन्दा लामो समयदेखी सडक निर्माण कार्यमा तीनै तहको सरकारले चासो नदिएकोले मन्त्री लेखीको ध्यानाकर्षण गराउन सडक जाम गरेको स्थानीय युवा नितेश कुमार सिंह थारुले बताए । 
सडक निर्माणको माग गर्दै विशाल चौकदेखि प्रसवनीसम्म विभिन्न स्थानका प्लेकार्डमा झुन्डिएको थियो ।  स्थानीयले चक्काजाम गरेपछि उक्तबाटो भएर जाने सवारी साधन घण्टौसम्म सडकमै थन्किएका थिए । 
 

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खोलिएको स्थानीयले जानकारी दिएका छन् । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology