मेयरसाप

विद्यालय

नलगाड नगरपालिकामा एमाले र कांग्रेसले उठाए उम्मेदवार, अरुले कहिले तोक्छन् ?

Mayorsap

शुक्र, कार्तिक २३, २०८१ | ११:५० बजे

काठमाडौँ,कात्तिक २३ः आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले जाजरकोटका दुई स्थानीय तहका लागि  उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेसले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरेको छ । यस्तै पार्टीले कुशे गाउँपालिका–७ को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो ।

यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology