Ad Image

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731052027.png

काठमाडौँ, कात्तिक २३: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।     
     
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।    
     
 यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।