मेयरसाप

विद्यालय

विश्व सरसफाईकर्मी बन्ने अभियानमा हिँडेका राजमानले कीर्तिपुरकाे मेयरमा दिए उम्मेदवारी, हर्कले गरे समर्थन

Mayorsap

शुक्र, कार्तिक २३, २०८१ | १५:२६ बजे

काठमाण्डाैं । ‘म नेपाललाई मात्र होइन, विश्वलाई नै सफा बनाउँन चाहन्छु । फोहोर बढार्दै गर्दा देह त्याग गर्न पाउँ भन्ने इच्छा राख्छु ।’ २०६७ भदौंबाट सफाइ अभियानमा जुटेका काठमाण्डौं, कीर्तिपुरका ६० वर्षीय राजमान मानव यही मन्त्र लिएर सरसफाइ अभियानमा हाेमिएका थिए ।

उनी चुपचाप सडक, पाटी-पौवा, मठमन्दिर सफा गरिरहेको भेटिन्थे। त्यो पनि देशभर, कहिले कहाँ, कहिले कता । जहिल्यै सेतो पोसाक, सेतै पन्जा, टोपी र मास्क लगाएर एकसुरले झाडु चलाइरहने मानवलाई अब भने राजनीतिमा उठ्न मन लागकाे छ। सरसफाईलाई जीवनको लक्ष्य बनाएका उनी काठमाण्डाैमा मात्रै हाेइन्, वीरगन्जमा पुगेर पनि सरसफाइकाे काममा लागिरहेका हुन्थे ।

फोहोर सफा गर्दै सरसफाइ सम्बन्धी चेतना फैलाइरहेका उनी २०८४ सम्म विश्वभरका मानिसमाझ आफ्नो सन्देश पुर्‍याईसक्ने बताउँथे। नेपालका प्राय: सबै पालिका र विभिन्न देशहरु पुगेर सरसफाइ चेतना फैलाएका उनी अब भने कीर्तिपुरकाे मेयरका प्रतिष्पर्धी बनेका छन् ।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका  उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले साथ दिएका छन् ।

हर्कले आफ्नो स्वतन्त्र समूहले मानवलाई मेयरका रुपमा अघि सारेको भन्दै जिताउन आह्वान गर्दै सामाजिक संजालहरुमा पोष्ट गरिरहेका छन् ।

कीर्तिपुरमा ने.क.पा (एमाले)ले डा सुरेन्द्र मानन्धरलाई मेयरकाे उम्मेदवार बनाउन सिफारिस गरेको छ भने  माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology