मेयरसाप

कीर्तिपुर नगरपालिका

बजेट

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

लमही नगरपालिका

अनुगमन

मालिका गाउँपालिका

गोलबजार नगरपालिका

त्रिशूली

एक वडाले याेजना नपठाउँदै बहुदरमाई नगरपालिकाले पारित गर्‍याे नीति तथा कार्यक्रम ! फेरि नगरसभा गर्नुपरे के हाेला ?

आरसी

शुक्र, कार्तिक २३, २०८१ | १८:१६ बजे

काठमाडाैं । पर्साको बहुदरमाई नगरपालिकाले भर्खर नगरसभा गरेर आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम पारित गरेकाे छ ।

सहमति जुटाउन निक्कै कठिनाई भइरहेकाे उक्त पालिकाले नीति तथा कार्यक्रम पारित गर्दा एउटा वडाकाे याेजना समावेश नै गरेकाे छैन । ९ वटा वडा रहेकाे उक्त पालिकामा वडा नम्बर ६ ले बजेटका लागि याेजनाहरु पठाउन सकेकाे छैन् ।

उपप्रमुख सुष्माकुमारी कुसवाह नगर प्रमुख (मेयर) सिंहासन साह तेलीको ढिलासुस्ती र निर्णय प्रक्रियामा अवरोधका कारण बजेट ल्याउन नसकिएकाे दाबी गर्छिन् ।उता मेयर भने काम गर्दा गर्दै ढिलाे भएकाे जिकिर गर्छन् ।

पालिकाले बजेट पारित गर्न नसक्दा याे आर्थिक वर्षको साउनदेखि अहिलेसम्म कर्मचारीहरुले तलब पाएका छैनन् भने लाभग्राही नागरिकहरुले सामाजिक सुरक्षाभत्ता पाएका छैनन् । तलब र भत्ता वितरण रोकिएपछि विशेष गरी मधेसको महत्त्वपूर्ण पर्व छठको समय कर्मचारीहरूलाई आर्थिक कठिनाइ भएकाे छ ।

असारमै पारित हुनुपर्ने बजेट कात्तिक ८ मा मात्र नगर सभाबाट पारित भयो । अहिले प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले खर्चको अख्तियारी नदिएकाले छठमा तलब र भत्ताको निकासा राेकिएकाे उपमेयर कुसवाहले दाबी गरिन् ।

लामो समयदेखि तलब नपाउँदा शिक्षकहरूले चाडपर्वको बेला घर खर्च चलाउन गाह्रो भएको बताएका छन् । कर्मचारीहरुलाई पनि दैनिकी चलाउन गार्हाे भएकाे छ ।

उता एक वडाले याेजनाहरु नपठाइकन नगरले नीति तथा कार्यक्रम पारित गरेकाे पालिकाले फेरि नगरसभा गर्नुपर्ने हाे कि भन्ने आशंका पनि उब्जिएकाे छ । प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने त्यस्ताे अवस्था आएमा पालिका अझ जटिल समस्यामा पुग्ने बताउँछन् । उनले त्यस्ताे समस्या सम्भवत नआउने बताए । बजेट पास गर्नै ढिलाे भएकाे र नागरिक तथा कर्मचारी जनप्रतिनिधिसँग रुष्ट भएका कारण त्यस्ताे समस्या सम्भवत नआउने जिकिर  प्रमुख प्रशासकीय अधिकृत मुस्तफाकाे छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology