Ad Image

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज द्वारा २ दिने प्राथमिक उपचार शिविर सम्पन्न

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731073894.jpg

काठमाडौँ 
कार्तिक २३ गते,
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज द्वारा २ दिने  प्राथमिक उपचार शिविर सम्पन्न भएको छ । आज बिरगंज स्थित घडीअर्वा पोखरी छठघाट जुन नेपालमै प्रसिद्ध रहेको छ।आज छठ पर्वकाे मुख्य चौथो दिन अर्थात अन्तिम दिन भोरिया घाटका दिन बिरगंजको घडिअर्वा छठ घाट परिसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज बाट स्वंयसेवकहरु परिचालन गरिएको थियोे भने सो २ दिने प्राथमिक उपचार शिविरमा छठघाटमा ब्रतालु ,दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि उनीहरू लाई चोटपटक लागेको खण्डमा फस्ट एड उपचार प्राथमिक उपचार उपलब्ध गराउनको लागि  स्वंयसेवक भाईहरुलाई  परिचालन गरिएको थियोे । नेपाल रेडक्रस सोसाइटी आदर्शनगरका उपशाखाका सभापति सन्तोष गुप्ता रेडक्रस एक्सन टिम पर्साका नेता राजु साह अमन पटेल,एवं रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह एवं आजिवन सदस्य सन्तोष कुमार गुप्ता लगाएतहरुको उपस्थिति रहेको थियो ।यो शिविर बिहान १० बजे सम्म चलेको थियो भनि नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराए ।