Ad Image

फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731074318.jpg

काठमाडौँ, कार्तिक २३: ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार शुक्रबारदेखि साप्ताहिक बन्द हुने भएको छ ।

 

दसैँ र तिहार पर्वको समयमा खुला गरिएको फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने भएको हो ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले बिहीबार सूचना जारी गर्दै कात्तिक २३ गते शुक्रबारदेखि पुनः साप्ताहिक बजार बन्द सुरु हुने उल्लेख गरेको छ ।

 

चाडपर्वको समयमा उपभोक्तालाई उपभोग्य वस्तु तथा आवश्यक सामग्री किनमेल गर्नमा सहज बनाउन खुला गरिएको फुङ्लिङ बजार अब पुनः प्रत्येक शुक्रबार बन्द हुने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
 

 

दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरी उद्योग वाणिज्य सङ्घले गत असोज ४ गतेदेखि फुङ्लिङ बजार खुला गरेको थियो । यता दसैँ तिहार सकिएसँगै फुङ्लिङ बजारमा चहलपहल पनि बढ्न थालेको छ  ।