Ad Image

सुनको मूल्य तोलामा रु एक हजारले घट्यो

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731306964.png

काठमाडौँ, कात्तिक २६: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ ।    
     
 

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ ।