स्थानीय तह उपनिर्वाचनका लागि मधेशमा खटे कांग्रेस नेता, को कहाँ ?
Mayorsap
मंगल, कार्तिक २७, २०८१ | ११:०९ बजे
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मधेश प्रदेशमा नेताहरुलाई खटाएको छ । मधेश प्रदेशमा हुने स्थानीय तहको उपनिर्वाचनको परिणाम आफ्ना उम्मेदवारको पक्षमा पार्न कांग्रेसले चुनावी अभियान सुरु गरेकाे हाे ।
कांग्रेस मधेस प्रदेश समितिको बैठकले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेताहरुलाई जिल्लागत जिम्मेवारी तोकेको हो ।
कांग्रेसले धनुषामा रामशरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटमा सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सूर्यबहादुर थापा खटाइने भएको छ ।
सप्तरी २, धनुषा १, महोत्तरी १ र रौतहट ३ का गरी ७ वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ ।