मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

Mayorsap

मंगल, कार्तिक २७, २०८१ | १४:०६ बजे

काठमाडौँ, कात्तिक २७: कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।     
     
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गर्नुभएको थियो ।     
     
उक्त समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन आज बुझाएको हो । विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरिएको समितिले जनाएको छ ।     
     
कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको नखोलिएको विषयमा विस्तृत रुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्य–सचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले जानकारी दिनुभयो ।     

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology