मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

विभाग नै बनाएर स्थानीय तह उपनिर्वाचनमा हाेमियाे राप्रपा

काे काे छन् विभागकाे सदस्यमा

Mayorsap

मंगल, कार्तिक २७, २०८१ | १४:१३ बजे

काठमाडौँ, कात्तिक २७: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम यी दुई विभागलाई पूर्णता दिएका हुन् । 

 

उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनेगरी स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) छन् ।

 

सहायक महामन्त्री विजय खड्का प्रमुख रहेका पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गरेका छन् । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) छन् भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), मनोनीत भएका छन् । 

 

तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) पनि सदस्यमा मनोनीत भएको श्रेष्ठले बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology