मेयरसाप

विद्यालय

हनुमाननगर कङ्कालिनी नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुलाइयो

Mayorsap

मंगल, कार्तिक २७, २०८१ | २१:३१ बजे

सप्तरी, कात्तिक २७: हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि आज ताला खुलाइएको हो ।     
     
गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताउनुभयो ।     
     
राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो ।     
     
आजदेखि वडा कार्यालय र नगरपािलकाको सेवा सुरु गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology