मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते आईतवार विहान ७ बजेदेखी अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Mayorsap,विवेक मण्डल

बुध, कार्तिक २८, २०८१ | ०७:१३ बजे

राजविराज 
कार्तिक २८ गते,
सप्तरीको एउटै पालिकाको दुई वडामा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ का वडाअध्यक्षको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन गइरहेको छ । 
 

निर्वाचन हुन लागेको ती दुबै पदमा यस अघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद रायले चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागि उपनिर्वाचन हुन लागेको हो । 
 

यसअघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम र निरन्तरता दिनु पर्ने काँग्रेसमाथि चर्काे दवाब छ । अहिले ती दुबै स्थान जित्न काँग्रेसलाई दबाव देखिएको काँग्रेसका नेताहरु बताउँछन । नेपाली काँग्रेस डाक्नेश्वरी नगरपालिका नगर समितिका सभापति नारायण यादवले जितेका दुबै स्थानमा पुनः जित्न र निरन्तरता दिन कम्मर कसेर लागिपरेको बताए ।
 

नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साहले पहिल्यै जितेका ठाउँ भएकाले आफूहरुका लागि यो उपनिर्वाचन निकै महत्वपूर्ण भएको बताए । 
 

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरु अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन ब्यस्त भएका छन । 
 

नेपाली काँग्रेसले वडा नं १ बाट हालसम्म नाम टुंङ्गो नलागेको र वडा नं ४ बाट जोेगेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति साहले बताए ।     
 

यस्तै एमालेले पनि वडा नं. १ मा नाम टुङ्गो लगाएकाे छैन तर  वडा न ४ बाट संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए । लोसपाले भने वडा न १ मा राम अधिन सन्त र वडा न ४ मा अरविन्दकुमार रायलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिए ।

 

जनमत पार्टीले वडा नं ४ बाट उदयनारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्जार्ज रामगमन साहले बताए । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहको उनको भनाई छ ।

 

नेकपा माओवादी केन्द्रले वडा न १ बाट संतोष पन्त र वडा न ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जानकारी दिए । 
 

 

यहाँ नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) लगायतलका दलहरुले पनि उम्मेदवारी दिने भन्दै कार्यकर्ताहरुको भावना बुझने र आ–आफनो तर्फबाट वडा अध्यक्षका सम्भावित उम्मेदवारहरुको सम्बन्धमा गन्थनमन्थन गर्ने कामलाई तिव्रता प्रदान गरेका छन । 
 

 

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।

 

मंसिर १६ गते आइतबार विहान ७ बजेदेखि अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
 

यता जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि उपनिर्वाचन भयरहित वातावरण तथा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ ।

 

प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालले उपनिर्वाचनमा सुरक्षा चुनौती, आवश्यक प्रहरी जनशक्ती, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको बताए । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology