मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको मात्र दाबी

Mayorsap

बिही, कार्तिक २९, २०८१ | १४:५० बजे

काठमाडौं, कात्तिक २९ः राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।

 

रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेश गर्न आह्वान गरेको थियो ।

 

त्यस अवधिमा कार्कीले मात्र दाबी पेश गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरे ।

 

कीर्तिपुरमा मेयर र दुई वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।

 

कीर्तिपुरको उम्मेदवार सकेसम्म बिहीबार साँझ टुंग्याउने तयारी रहेको बागमती प्रदेश समितिका महामन्त्री सुरेन्द्र भट्टले बताए ।

 

कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई, माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

 

राजमान मानवले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ र नाम टुंगो लागेको छैन।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology