मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

ललितपुर महानगरले संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई गर्‍याे सम्मान

सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था पनि गर्ने

Mayorsap

बिही, कार्तिक २९, २०८१ | १७:२८ बजे

काठमाडौँ, कात्तिक २९: ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।  नगरपालिकाले उनीहरुका लागि सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ । 

महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरको कलासंस्कृति, सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वको कदर गर्दै सम्मान र पुरस्कार प्रदान गरिएकाे जनाएकाे हाे। 

सम्मानस्वरुप अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सबै खर्च समेत पालिकाले व्यहोर्ने महानगरले निर्णय गरेको छ । 

‘ललितपुर महानगरपालिकाले कलासंस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपले सक्रिय रहनुहुने व्यक्तित्वको योगदानको कदर गर्दै सम्मान र पुरस्कृत गर्ने गरेको छ । ललितपुर महानगरपालिकाले यसअघि पनि संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको स्मरण गर्दछु । यसै क्रममा महानगर निवासी संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद श्री हरिराम जोशी (जन्म मिति वि.सं.१९९२) र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ (जन्म मिति वि.सं. १९९९) लाई सम्मान स्वरुप उहाँहरुको दिनचर्यालाई सहज बनाउन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय गरेको छ । साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने निर्णय भएको छ,’ महानगरप्रमुख चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

संस्कृति शिरोमणि जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन् । 

संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक छन् । यसैगरी संस्कृतिविद् कायस्थद्धारा लिखित पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएकोमा विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology