मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

काठमाडौं दरबार क्षेत्र

बुटवल उपमहानगरपालिका

निशुल्क भर्ना

बागलुङ नगरपालिका

गैंडाकोट नगरपालिका

लालबन्दी नगरपालिका

उपनिर्वाचनलाई लक्षित गर्दै कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

Mayorsap

आइत, मंसिर १६, २०८१ | ०८:४४ बजे

कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द भएकाे छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले आज यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । 

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले जानकारी दिएका हुन् । “मङ्सिर १६ गते आइतबार बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ”, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, “स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।”

तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन भइरहेकाे छ । बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । 

“निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ”, मेयर उपाध्यायले भने, “वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।”

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology