Ad Image

जाजरकोटमा खस्यो लगभग ६४ प्रतिशत मत

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733056062.jpg

जाजरकोट । नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको मतदानमा १०५८२ मत खसेको छ ।

नलगाडमा कुल १६४४९ मतदाता रहेको नलगाडमा १०५८२ मात्रै मत खसेको हो । नलगाडमा झण्डै ६४ प्रतिशत मत खसेको हो । जम्मा १३ वटा वडा रहेको नलगाडमा उपमेयरको लागि मतदान भएको हो ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिए । त्यस्तै जाजरकोटकै कुशे गाउँपालिकाको वडा नम्बर ७ मा जम्मा १३०२ मतदाता रहेकोमा ९४८ मत खसेको छ । वडा अध्यक्ष पदका लागि भएको मतदानमा लगभग ७३ प्रतिशत मत खसेको हो ।

निर्वाचन अधिकृत नबिनकुमार भट्टका अनुसार निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको हो ।