मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

दशरथचन्द नगरपालिका

संस्कृति

केपी ओली

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

कावासोती नगरपालिका

उपनिर्वाचनः ग्रामथानमा ८ बजे सर्वदलीय बैठक आह्वान, मतपेटिका संकलन हुँदै

यस पालिकामा १८ हजार ५७७ मत खसेको छ ।

Mayorsap

आइत, मंसिर १६, २०८१ | १९:१८ बजे

 विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनको मतपेटिका संकलन धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराजा पौडेलले ७ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने र ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको बताए ।

 

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रूपमा मतदान सकिएको मोरङ प्रहरीले जनाएको छ ।


निर्वाचनमा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

 

 नेपाली कांग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको गत असारमा मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो ।

 

१६ जनाको उम्मेदवारी परेपनि मुख्य तीन राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology