डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी


काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजयी भएका छन् ।
आइतबार सम्पन्न मतपरिणाम अनुसार थापा ४६८ मतसहित विजयी भएका हुन् ।
थापाका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाए । यस्तै नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाए भने रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाइन् ।
उक्त वडामा १३ मत बदर भएको थियो ।