Ad Image

दैलेखको दुल्लुमा एमाले तीन मतले विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् ।

एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए ।

निर्वाचन आयोगका अनुसार माओवादीका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए ।

यो वडामा यसअघि पनि एमाले विजयी भएको थियो । पहिले कांग्रेस र माओवादी मिल्दा समेत सहज रुपमा जितेको एमालेलाई यसपटक भने गाह्रो परेको थियो ।