Ad Image

गोरखा–५ बाट माओवादी केन्द्रले खाता खोल्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए । नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।