मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

पोखरा महानगरपालिका

जलजला गाउँपालिका

यशोधरा गाउँपालिका

देवचुली नगरपालिका

बालमैत्री

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने

ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

Mayorsap

सोम, मंसिर २४, २०८१ | १७:५९ बजे

काठमाडौं । झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

 

केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।


सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंमाथि आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको बताए ।

 

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

 

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगेर अनुसन्धान सुरु गरिएको हो ।

 

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ । यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।

 

व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

 

धम्क्याउनका लागि प्रसाईंले अर्का एक व्यक्तिमार्फत फुयाललाई ५ लाख दिएको खुलेके सीआईबीका एआईजी दीपक थापाले बताएका छन् । त्यसैगरी यो घटनामा अरु ६ जना संलग्न रहेको खुलेको छ । उनीहरू फरार छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology