मेयरसाप

सम्पादकीय

महाङ्काल गाउँपालिका

फोहोरमैला व्यवस्थापन

वृक्षरोपण

कर

मध्यविन्दु नगरपालिका

पछिल्लो २४ घण्टामा आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Mayorsap

सोम, मंसिर २४, २०८१ | १८:२१ बजे

काठमाडौँ ।  काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौँको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।


बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए ।


प्रवक्ता डा‍. भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा  आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology