लालबन्दी नगरपालिकाले पुष १ गत्ते शोक बिदा दिने
Mayorsap
आइत, मंसिर ३०, २०८१ | १४:५३ बजे
सर्लाही । लालबन्दी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
पालिकाका वडा सदस्यको निधन भएकाले पालिकाभर सोमबार सार्वजनिक बिदा हुने भएको हो ।
पालिकाको वडा नम्बर ३ का वडा सदस्य जोधन ठाकुर हजामको मंसिर ३० (आज) निधन भएकोले सोमबार सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ ।