मेयरसाप

सम्पादकीय

महाशिवरात्री

टेम्केमैयुङ गाउँपालिका

रामगोपाल नगरपालिका

‘मेयरसँग युवा’

रामलखन मलाह

भानु नगरपालिका

सुदूरपश्चिम समक्ष कर्णालीले दियाे १०२ रनको लक्ष्य

Mayorsap

सोम, पौष १, २०८१ | ११:०९ बजे

नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।

 

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।


कर्णालीका लागि ओमानी खेलाडी जिसन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

 

बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । 

 

साथै उनले २ रनआउट पनि गरे । स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

 

अब सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य पूरा गरे कर्णाली शीर्ष चारबाट आउट हुनेछ । अन्यथा कर्णाली शीर्ष चारमा पर्नेछ भने काठमान्डु गुर्खाज बाहिरिनेछ ।

 

यदि कर्णालीले सुदूरलाई १२ रन वा बढीले पराजित गरेमा जनकपुरलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology