मेयरसाप

सम्पादकीय

महाशिवरात्री

त्रिशूली

छिन्नमस्ता गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिका

बुढीनन्दा नगरपालिका

दुल्लु नगरपालिका

एसिसी यू– १९ एसिया कप : नेपाल सेमिफाइनलमा प्रवेश

नेपालले अब बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्ने

Mayorsap

मंगल, पौष २, २०८१ | १६:०२ बजे

काठमाडौँ । नेपाल समूहको उपविजेता बन्दै एसिसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पाकिस्तान रहेको समूहमा नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेको हो । भारतसँग अंक बाँडे पनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यो ।  भारत र नेपालले समूहबाट समान तीन–तीन अंक बटुलेका छन् । पाकिस्तान अंकविहीन भएर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिसा यादवले २० रन बनाउनुबाहेक अन्यको प्रदर्शन खराब रह्यो । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

भारतकी पारुनिका सिसौदाले नेपालको चार विकेट चट्काइन् । जवाफी ब्याटिङ थालेको भारतले ३।१ ओभरमा विनाविकेटको क्षतिमा २८ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल रोकियो र दुवै टिमले समान एक–एक अंक बाँडेका थिए । नेपालले अब समूह ‘बी’को विजेता बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । समूह ‘बी’बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology