मेयरसाप

सम्पादकीय

महाशिवरात्री

सुखीपुर नगरपालिका

गुणस्तरहीन दुध

बुद्धजन्मस्थल

कर

ललितपुर महानगरपालिका

आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह

Mayorsap

बिही, पौष ४, २०८१ | १६:०५ बजे

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् ।

वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे वैद्यखानाका कर्मचारीहरुलाई भने “बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस ।”

 

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिएका छन् । “बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ रु. आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्”,उनले भने ।

 

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारेका छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology