मेयरसाप

सम्पादकीय

महाशिवरात्री

गृहमन्त्री

राष्ट्रिय महिला आयोग

चुमनुब्री गाउँपालिका

बारेकोट गाउँपालिका

चौरपाटी गाउँपालिका

कर्णाली याक्स २ विकेटले पराजित, जनकपुर एनपीएलको फाइनलमा प्रवेश

जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्ने

Mayorsap

बिही, पौष ४, २०८१ | १६:१४ बजे

काठमाडौं ।कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्स प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।


बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।


जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको थियो ।


जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।


शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology