मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

गरिबसँग विश्वेश्वर कार्यक्रम

खजुरा गाउँपालिका

सिराहा नगरपालिका

वडा अध्यक्ष

रमेश लेखक

यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’

Mayorsap

शुक्र, पौष ५, २०८१ | १८:२८ बजे

काठमाडौं । हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो ।  आज नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो ।

हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए । अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए । यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ ।

बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई÷दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई ५५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा दुई सय २६ रनले पराजित गरेको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology