मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

विराटनगर महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

गोठालो भत्ता

‘एक घर, एक धारा’

अस्पताल

मंकीपक्सबाट बच्न आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Mayorsap

शनि, पौष ६, २०८१ | ०९:४८ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकिपक्स पुष्टि भएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पुनः मंकीपक्स पुष्टि भएकाले आवश्यक सावधानी अपनाउन भनेको हो ।

साउदी अरेवियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टी भएको थियो । परिक्षण पोजिटिभ भएतापनि बिरामीको स्थितिमा केहि जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ। 

थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयको भनाइ छ । यससँगै नेपालमा यो मंकीपक्स पुष्टि भएको दोश्रो पटक हो ।

यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर'१११५' मा सम्पर्क गरी परामर्श लिन अनुरोध गरेको छ ।

साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उनीहरुबाट परामर्श लिन सकिने छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology