मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

उपनिर्वाचन

गुल्मीदरबार गाउँपालिका

पर्यटन

रेसुङ्गा नगरपालिका

शुक्लागण्डकी नगरपालिका

सुदूरपश्चिमका नेता कार्यकर्तासँग शेखरले भने- कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु

Mayorsap

शनि, पौष ६, २०८१ | १०:१६ बजे

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने बताएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे नेता कोइरालाले  अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने भन्दै त्यसको जिम्मा आफूले लिने बताए । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु । 

बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ, कोइराला भने । 

कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको कोइरालाले दाबी गरे । उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए । 

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले ९ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ आटै जिल्लालाई सम्बोधन समेत गरेका थिए । 

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए । १५ औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । र, पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology