क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक विदा


काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा २ दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले भोलि र पर्सि (मंगलबार र बुधबार) सार्वजनिक विदा दिएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
