Ad Image

अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734964229.jpg

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् । जिल्ला अदालत कास्कीले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको प्रहरीले जनाएको छ ।

रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएपनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो । काठमाडौंबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।